Logo
Logo

कर्मचारीतन्त्रले नागरिकको मन जिते मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति


441
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कर्मचारीतन्त्रले सरल, सहज र प्रभावकारी सेवा प्रवाहमार्फत नागरिकको मन जितेमा मात्र लोकतन्त्र सुदृढ हुने बताएका छन् ।

काठमाडौंमा आयोजित लोक सेवा आयोगको ७५औँ वार्षिकोत्सव तथा हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले स्थायी सरकारको रूपमा रहेको कर्मचारीतन्त्रले आधुनिक प्रविधि, विधि र दक्ष जनशक्तिको उपयोग गरी सुशासनको भावना अनुरूप काम गर्नुपर्नेमा जोड दिए ।

उनले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमा जनताको चाहना र आकाङ्क्षा सम्बोधन गर्दै तीव्र आर्थिक विकासलाई अगाडि बढाउन सकिने उल्लेख गरे ।

साथै, निजामती सेवामा समावेशी पदपूर्तिको व्यवस्थापछि आयोगले उम्मेदवार सिफारिसमा सफलता हासिल गरेकोमा प्रशंसा गर्दै कर्मचारी छनोट, बढुवा र परामर्शमा समयसापेक्ष सुधार आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्