Logo
Logo

सभामुखले बिचौलियाको पक्ष लिए : ज्ञानेन्द्र शाही


567
Shares

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद् र सभामुखमाथि बिचौलियाको पक्ष लिएको आरोप लगाएका छन् । आइतबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले भिजिट भिसा प्रकरणमा विपक्षी दलको विरोधका बाबजुद सभामुखले जबरजस्ती सदन सञ्चालन गरेर बिचौलियाको पक्षमा उभिएको भन्दै आफूहरूले सदन बहिष्कार गरेको बताए ।

The current image has no alternative text. The file name is: ganbahadur.gif

उनले सांसदहरूले उठाएका मुद्दालाई बेवास्ता गर्ने संसद्मा बस्नुको कुनै अर्थ नहुने जिकिर गरे । सभामुखले संसद्को नियमावलीविपरीत काम गरेमा संसद्को गरिमा र महत्त्व नरहने उनको भनाइ छ ।

शाहीले भिजिट भिसा प्रकरणमा माओवादी अध्यक्ष प्रचण्डले अवसरवादी र लुकीछिपी काम गरेको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्