नेकपा एमालेका सचिव योगेश भट्टराईले सांसदभित्र रास्वपा नेतृत्वविहीन अवस्थामा देखिएको टिप्पणी गरेका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले सांसदभित्र रास्वपा नेतृत्वविहीन अवस्थामा देखिएको भन्दै उद्देश्यविहीन र गन्तव्यविहीन अवस्थामा अवरोधमा सामेल भइरहेको टिप्पणी गरे ।

पार्टी नेतृत्वविहीन भएपछि रास्वपा बादलभित्र उडिरहेको कागजस्तो देखिएको उनको भनाइ छ । भट्टराईले भिजिट भिसा प्रकरणमा रास्वपाको माग बमोजिम छानबिनको सुनिश्चितताको ग्यारेन्टी गर्दा पनि अचानक रास्वपा पछाडी हटेको बताए ।
उनले उपयुक्त परिपक्व संसदीय अभ्यास नदेखाएकाले रास्वपाभित्र यसको पुर्नबिचार हुने जिकिर गरे ।














