Logo
Logo

काठमाडौँ बूढानीलकण्ठमा भारतीय नागरिकसँगै नेपाली युवती मृत भेटिइन्


14k
Shares

काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा एक भारतीय नागरिक र नेपाली महिला युवती भेटिएका छन् ।

थ्री–स्टार किडजोन स्कुलको कम्पाउण्डभित्र रहेको सुनिता सिंह ठकुरीको साढे २ तले घरमा भारतको पञ्जाब चन्डिगढ घर भएका वर्ष अन्दाजी ५४ को परम नारायण गिल र धादिङको गल्छी गाउँपालिका ६ घर भइ हाल सोही घरमा काम गरी बस्ने वर्ष अन्दाजी २८ कि अन्जना तामाङ मृत फेला परेका प्रहरीले जनाएको छ।

भारतीय नागरिक गिलले भाडामा लिएको उक्त घरको पहिलो तलाको बिचको कोठाभित्र अन्जना र गिल मृत अवस्थामा फेला परेको खबर पाएपछि तत्काल प्रहरी टोली पुगेको थियो ।

त्यसक्रममा अन्जना तामाङ उक्त कोठाको सोफा माथि मृत अवस्थामा रहेको र उनको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । परमनारायण गिल उक्त कोठाको भुईंमा मृत अवस्थामा रहेकोमा उनको घाउचोट नदेखिएको र घटनास्थल नजिकै फलामको ह्यामर फेला पारेको थियो ।

जेठ ३० गते भएको उक्त घटनामा घटनास्थलमा सेल्फोस नामक विषादी समेत फेला परेको प्रहरीको भनाई छ । साढे दुई तल्ले घरमा पञ्जाव चण्डिगढका ५४ वर्षीय गिलले प्रेस सञ्चालान गर्दै आएका थिए ।

उनकै कारखानामा अन्जना ६ महिनादेखि काम गर्न पुगेकी हुन् । नेपाली महिलासित विवाह गरेका गिलको श्रीमती भने नेपाल बाहिर रहेको खुलेको छ। मृतक अन्जना पनि विवाहित हुन्। अन्जनाको श्रीमान् समेत वैदेशिक रोजगारीका लागि दुबई रहेको खुलेको छ।

प्रतिक्रिया दिनुहोस्