Logo
Logo

पत्रकारको सुरक्षामा संवेदनशील हुनू: मानवअधिकार आयोग


504
Shares

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले पत्रकार तथा सञ्चार गृहमाथिको धम्की, दुर्व्यहारजस्ता कार्य बन्द गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

साथै घटना दोहोरिन नदिने अवस्थाको सिर्जना गर्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्णरुपमा रक्षा गर्न र पत्रकारको सुरक्षामा संवेदनशील हुन आयोगले भनेको छ ।

एक विज्ञप्ति जारी गर्दै आयोगले भनेको छ, “पत्रकारिताको आचारसंहिता र व्यवसायिक मर्यादाको सीमाभित्र रहेर सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गरी आमसञ्चार जगतको गरिमा कायम गर्ने कार्यमा भूमिका खेल्न आयोग सम्पूर्ण पत्रकार तथा सञ्चार गृहलाई आग्रह गर्दछ ।”

आयोगले पछिल्ला घटनाक्रमलाई नजिकबाट अनुगमन गरिरहेको उल्लेख गर्दै भनेको छ, “समाचार प्रकाशन गरेबापत जिम्मेबार अधिकारीले पत्रकार तथा प्रकाशनगृहमाथि धम्की दिइएको र पत्रकारलाई पक्राउ पुर्जी जारी गरेकोलगायतका घटनाहरु सार्वजनिक हुनुका साथै आयोगमा समेत जानकारी प्राप्त भएका छन् ।”

प्रतिक्रिया दिनुहोस्