
काठमाडौं । नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनको अध्यक्षमा वरिष्ठ अधिवक्ता अमर थापा विजयी भएका छन् ।
प्रतिद्वन्द्वी संस्थापनका उम्मेदवार ओमप्रसाद थपलियालाई ४३ मतले पछि पार्दै वरिष्ठ अधिवक्ता थापा विजयी भएका हुन् । थापाले २५६ मत ल्याउँदा थपलियाले २१३ मत पाए ।
यस्तै खुला उपाध्यक्षमा भिमसेन बन्जरा निर्विरोध निर्वाचित हुँदा महिला उपाध्यक्षमा यसोदा देवी खरेल विजयी भएकी छन् । महासचिवमा भुवन प्रसाद निरौला र उपमहासचिवमा बाबुराम राई निर्वाचित भएका छन् ।
सचिवमा मुकुन्द प्रसाद अधिकारी र अनिता गुरुङ विजयी हुँदा कोषाध्यक्षमा कुमारप्रसाद घिमिरे निर्वाचित भएका छन् ।


