Logo
Logo

इजरायल र इरानलाई केही समय लड्न दिऊँ : ट्रम्प


3.1k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानलाई केही समय लड्न दिनुपर्ने बताएका छन् ।

सीएनएनका अनुसार ट्रम्पले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै इजरायल र इरानबीच सम्झौता गराउन चाहेको र यसको सम्भावना पनि भएको भन्दै उनीहरुलाई केहि समय संघर्ष वा लडाईं लड्न छोडिदिनु पर्ने बताएका छन् ।

दुई देशबीच बढ्दो द्वन्द्व कसरी सामाधान गर्ने भन्ने प्रश्नमा उनले भने, ‘सम्झौता हुनेछ भन्नेम म आशावादी छु । सम्झौताको समय आएको छ । के हुन्छ हामी हेर्दैछौँ । तर, कहिलेकाहीँ उनीहरूलाई लड्न दिनुपर्छ । मलाई लाग्छ सम्झौता हुने राम्रो सम्भावना छ ।’

ट्रम्पले अमेरिका र इरानसँग धेरै राम्रो सम्बन्ध भएको तथा इजरायल र इरानले एकअर्काप्रति उच्च आदर गर्ने बताए । तर, इजरायललाई इरानमा हवाई हमला रोक्न नभनेको उनले प्रष्ट पारेकाे सीएनएनले उल्लेख गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्