Logo
Logo

इलामसहित यी जिल्लामा आज बाढीको जोखिम


630
Shares

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज देशका केही साना तथा ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशााखाले बुलेटिन जारी गर्दै ३९ जिल्लाका साना तथा ठूला नदीमा बाढी आउने भन्दै नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।

इलाम, धनकुटा, तेहथुम, ओखलढुंगा, भोजपुर ताप्लेजुङ, काभ्रे, मकवानपुर, सल्यान, गोरखा, तनहुँ, जाजरकोट, बैतडी, दार्चुला, बझाङ, कैलाली, कञ्चनपुर, बाँके, दाङ, रुकुम पश्चिम, रुकुम पूर्व, रुपन्देही र प्युठान भई बहने अधिकांश साना नदीमा पनि बहाव सामान्य बढ्ने पूर्वानुमान छ ।

त्यस्तै संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, डोटी र डडेलधुरामा बाढीको ‘मध्यम’ जोखिम रहेको महाशाखाले जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्