Logo
Logo

अहिलेकै अवस्थामा मुद्दाबाट पछि हट्न सकिँदैन- रास्वपा


1.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा अहिलेकै अवस्थामा मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्थामा नरहेको बताएको छ ।

आज बिहान सभामुख देवराज घिमिरेसँगको छलफलमा रास्वपााका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारले पार्टीले जनताको वास्तविक समस्या उठाएका कारण अहिलेकै अवस्थामा मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्थामा नरहेको बताएका हुन् ।

बजेटमा व्यापक छलफल हुनुपर्ने बेला सदन अवरुद्ध हुँदा जनतामा गलत सन्देश गएको भन्दै सभामुख घिमिरेले अब संसद रोक्ने अवस्था नभएको बताएका थिए ।

सो क्रममा अर्याल र परियारले भने, ‘विपक्षीले उठाएका माग गम्भीर छन् । जनताको वास्तविक समस्या उठाएका छौँ । हाम्रा माग र मुद्दामा सरकार गम्भीर नभएकाले संसद् अवरोध बाध्यात्मक भएको हो । अहिलेकै अवस्थामा हामी मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्थामा छैनौँ । तथापि हामी अहिलेको निकासका लागि छलफल र संवादमा नै छौँ ।’

आफूहरूले जनताका वास्तविक समस्या उठाएको भएपनि सरकार गम्भीर नभएकाले संसद् अवरोधको बाध्यात्मक बाटो रोज्नुपरेको रास्वपाको भनाई छ । यद्यपी रावस्पाले मुद्दाबाट पछाडि फर्किन सक्ने अवस्था नभएको तर निकासका लागि छलफल र संवादमा रहेको पनि सभामुखलाई जनाकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्