
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले असार १ गतेको प्रतिनिधिसभा बैठककाो भत्ता नलिने भएको छ । राप्रपा संसदीय दलले बहिष्कार गरेको संसद बैठकको भत्ता नलिने निर्णय गरेको हो ।
भिजिट भिसा प्रकरणलाई लिएर हिजो असार १ गते विपक्षी दलहरु रास्वपा र राप्रपाले सदन अवरोध गरेका थिए । तर, विपक्षीले सदन अवरोध गरिरहेको बेला जबर्जस्ती बैठक चलाइएको भन्दै राप्रपाले आइतबारको बैठक बहिष्कार गरेको थियो ।
प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बहिस्कार गरेको बैठक भत्ता लिनु नैतिक र सैद्धान्तिकरूपमा उचित नहुने निर्णय भएको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाइएको जानकारी दिए ।
बैठकबापत प्राप्त हुने भत्ता राजस्वमा फिर्ताको व्यवस्था मिलाउन आग्रह गरिएको छ । प्रतिनिधिसभामा राप्रपाका १३ सांसद छन् ।
