
काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेर सम्पर्कबिहीन भएका चिकित्सक डा केशव श्रेष्ठको खोजी सुरु गरेको छ । रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेण्डेण्ट डा श्रेष्ठले करिब २ घण्टाअघि सामाजिक सञ्जाल फेसबुकमा सबैजनालाई अलबिदा लेखेर सम्पर्कबिहीन भएका थिए ।
उनी सम्पर्कबिहीन भएको सूचना आएपछि मोबाइल लोकेश ट्याक गरी खोजी कार्य जारी राखिएको प्रहरीको साइबर व्यूरो प्रमुख डीआइजी नविद अर्यालले जानकारी दिए । १८ महिना रामेछाप जिल्ला अस्पतालको सुपरिटेण्डेण्ट भएर काम गरेका डा श्रेष्ठले राजनीति र कर्मचारीले आफूलाई काम गर्न नदिएका कारण यो कदम चाल्न बाध्य भएको उल्लेख गरेका छन् ।
झुटो आरोप लगाएर रामेछापबाट हेटौँडा अस्पतालमा सरुवा गराएको तर हाजिर स्वास्थ्य मन्त्रालयमा गराईएको पनि उउनले उल्लेख गरेका छन । ‘मलाई धेरै दुख दिए, अहिले यो दुख÷पीडा सहन अनि सोच्न पनि सकेको छैन । मैले जिन्दगीबाट नै हार खाए,’ उनले लेखेका छन्, ‘डा. नरेन्द्र झा, रेबती थापाको आर्थिक चलखेलमा मलाई असार मसान्तमा सरुवा गरे । वान म्यान आर्मी भनेर चिनिएको थिएँ । तर, कतैबाट केही साथ सहयोग पाउन सकिनँ । म बाचे भने न्याय पाउँछु जस्तो लागेन ।’