
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजपनि संसदमा नाराबाजी गरेको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै रास्वपाले प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै वेल घेरेर अवरोध गरेको हो । तर, सभामुख देवराज घिमिरेले उनीहरुको अवरोध बेवास्ता गर्दै संसद् बैठक अगाडि बढाएका छन् ।
यसअघि हिजो आइतबार पनि रास्वपाले वेल घराउ गरेको थियो । तर, हिजोपनि सभामुखले विपक्षीको अवरोधलाई बेवास्ता गर्दै सदन सञ्चालन गरेका थिए ।