
काठमाडौं । लार्चा खोलाको बाढीले ह्युम पाइप बगाउँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
गएराति परेको अविरल वर्षाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ लार्चामा राखिएको ह्युम पाइप बगाउँदा अरनिको राजमार्ग पूर्ण अवरुद्ध भएको हो ।
इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख इन्स्पेक्टर जगतबहादुर राइले लार्चामा राखिएको ह्युम पाइप बगाउँदा राजमार्ग अवरुद्ध भएको जानकारी दिए ।
गत असोजमा परेको वर्षाले लार्चा पुल बगाएको थियो । त्यपछि अहिले उक्त स्थानमा २ महिनादेखि बेलीब्रिज निर्माण भइरहेको छ ।














