काठमाडौं । सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ताको माग राख्दै सुनचाँदी व्यवसायीहरूले आन्दोलन गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड सङ्घर्ष समितिको अगुवाइमा सोमबार व्यवसायीहरू विरोधमा उत्रिएका हुन् ।

सरकारले बजेटमार्फत सुनचाँदी गहनामा २ प्रतिशत विलासिता कर र रत्न तथा पत्थरमा १३ प्रतिशत कर लगाएको छ । यी करहरूले आफ्नो व्यवसायमा नकारात्मक असर पर्ने व्यवसायीहरूको दाबी छ ।











