Logo
Logo

परराष्ट्रमन्त्री राणाले इजरायल-इरान द्वन्द्वबारे राजदूतसँग लिइन् जानकारी


504
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इजरायल र इरानबीचको पछिल्लो द्वन्द्व र त्यसबाट उत्पन्न परिस्थितिबारे नेपालका लागि इजरायली राजदूत स्मगलर एरी बाससँग जानकारी लिएका छन् ।  सोमबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा राजदूत बासले मन्त्री राणालाई इजरायल-इरान द्वन्द्व र त्यहाँको वर्तमान अवस्थाबारे जानकारी गराएका हुन् ।

उक्त भेटमा मन्त्री राणाले इजरायलमा रहेका नेपाली नागरिकको अवस्था र उनीहरूको सुरक्षाका लागि आवश्यक सहयोगबारे चासो व्यक्त गर्दै इजरायल सरकारसँग सहकार्य गर्न राजदूत बासमार्फत आग्रह गरिन् । राजदूत बासले इजरायलमा रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी गराएका थिए । 

यसअघि आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी इजरायल र इरानमा रहेका नेपालीहरू सुरक्षित रहेको पुष्टि गरेको थियो । मन्त्री राणाले पछिल्ला दिनमा इरान र इजरायलबीच विकसित घटनाक्रमलाई मध्यनजर गर्दै तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरूलाई आइतबार टेलिफोनमार्फत त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएकी थिइन् । 

परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वलाई नजिकबाट अनुगमन गरिरहेको र त्यहाँ रहेका नेपालीको सुरक्षाका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्