Logo
Logo

भारतले बन्द गर्‍यो नेपाल-भारत जाेड्ने सीमा पुल


2.1k
Shares

काठमाडौं । भारतीय पक्षले नेपाल–भारत सीमामा रहेको महाकाली नदीको पुल बन्द गरेपछि नेपालको दार्चुला सदरमुकाम र भारतको धारचुलाबीचको आवागमन पूर्णरूपमा ठप्प भएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अनिल पौडेलका अनुसार, भारतको धारचुलामा भएको एक हत्याकाण्डमा संलग्न रहेको आशङ्का गरिएका दुई व्यक्तिहरू नेपालतर्फ भागेको अपुष्ट सूचना प्राप्त भएको छ । यही विषयलाई लिएर हत्याका दोषीलाई पक्राउ गर्न दबाब दिन भारतीय नागरिकहरूले महाकाली नदीको पुल बन्द गरेका हुन् । 

उनले यो कदम भारत सरकारको आधिकारिक निर्णय नभई स्थानीय नागरिकहरूले आफ्नो सरकारलाई दबाब दिने उद्देश्यले गरेको जानकारी दिए । 
पौडेलले भारतीय प्रशासनका धारचुलाका डिस्ट्रिक मजिस्ट्रेट (डीएम) सँग बाटो खुलाउन पहल भइरहेको जानकारी दिए ।

आज बिहान ११ बजेदेखि भारतीय नागरिकहरूले प्रदर्शन गर्दै पुल बन्द गरेका छन्। दिउँसो केही मिनेटका लागि बाटो खुले पनि पुनः बन्द भएको पौडेलले बताए । 

गत जुन ७ मा भारतको धारचुला निवासी कमलेश दानुको चक्कु प्रहारबाट हत्या भएको थियो । हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै अनुवाल समुदायका अध्यक्ष गुमान सिंह विष्टको नेतृत्वमा गएको शनिवार एक टोलीले पिथौरागढका उपजिल्ला अधिकारी मनजित सिंहलाई ज्ञापन पत्र बुझाएको थियो । सोही क्रममा उनीहरूले धारचुला बन्द र नेपाल–भारत सीमा पुल बन्द गर्ने घोषणा गरेका थिए ।  हाल सीमा क्षेत्रमा तनाव कायमै छ, र बाटो खुलाउन दुवै देशका अधिकारीहरूबीच छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्