
हुँदैन कोही पनि मन नपराउने सङ्गीत । सुनेपछि आवाज मिलेको बाजाको । सुने पनि कानले पहिले । बस्छ गएर थपक्क मनमा नै । मन नपराउने सङ्गीतलाई । हुँदैन सामान्य मान्छे कोही पनि । भए पनि जतिसुकै क्रूर र रिसाहा । भए पनि स्वरूप र स्वभाव जस्तोसुकै । हुँदैन फरक मन कसैको पनि । नभए पनि बजाएको बाजा मान्छेले । निस्किएको भए पनि स्वतः सङ्गीत प्रकृतिको । बनाउँछ विभोर मन जसको पनि । हुन्छ सामथ्र्य सङ्गीतको यस्तै मनकारी ।
होइन गीत सङ्गीत मान्छेका लागि मात्र । परेका छन् प्रभाव जनावर र पन्छीमा त्यस्तै । बिरुवा र रुखहरूमा पनि । नसके पनि बोल्न मान्छेले जस्तै । नभए पनि मस्तिष्क मान्छेको जस्तै । बनाएको छ सङ्गीतले शान्त र ज्ञानी जनावर । सप्रेका छन् छिटै बोटविरुवा अरुभन्दा पहिले । दिएका छन् फल र फूल पनि पहिले । हुन् यी प्रभाव प्रमाणित भइसकेका ।
बनाउँछ आनन्दित सबैलाई गीत सङ्गीतले । हुन्छ अझ बढी आनन्दित स्वयं सर्जक । चिनिन्छ लोकमा गायक, सङ्गीतकार । हुन्छन् महान् सर्जक त्यसैले । हुनुहुन्छ त्यस्तै प्रिय लोकका गायक, सङ्गीतकार गणेश रसिक । गर्नुहुन्छ सिर्जना शब्द संयोजनको पनि । चलाउनुभएर औँला निकाल्नुहुन्छ धुन् मीठो ।
बनेपछि सङ्गीत चलाउनुहुन्छ ओठ । गाउनुहुन्छ गीत पनि मीठो । छ कला स्वरको र सिर्जनाको । नभएर दोभान मात्र गीत सङ्गीतको । बन्नुभएको छ त्रिवेणी नै साहित्यको समेत । हुनुभए पनि व्यक्ति एक । बन्नुभएको छ धनी अनेक व्यक्तित्वको । मानेको भएर लोकले गीत, सङ्गीत र स्वरमा । आउनासाथ मात्र नाम गणेश रसिकको । भए पनि जतिसुकै ठूलो भीडमा । आइहाल्छ चित्र सजिलै मीठो स्वर र सङ्गीतको । शक्ति शब्द सिर्जनाको ।
छ ज्यान खाइलाग्दो स्वरूपले । न अग्लो न होचो । मुस्कान जोडिरहने मुहार । शिरमा सधैँको नेपाली टोपी । छ व्यवहार शालीन सबैसँग । देखिन्छ हेर्दै सोझा अनुहारले । लाग्छ सक्दैन बोल्न झुटो कसैसँग जस्तो । गर्न सक्दैन बेइमानी कसैसँग जस्तो । छ व्यवहार प्रभाव पार्ने शालीन । बनाउन सक्ने नजिकैको भेटेपछि जति नै टाढाको भए पनि । हुँदैन कि जस्तो ठूलो आवाज रिसाउँदा पनि । भएकोले होला मिलाउने स्वर सारेगममा । सुनिन्छ होला मीठै स्वर कराउँदा पनि ।
हुनुहुन्छ जन्मले माझकिरात भोजपुरको । थरले थुलुङ राई । सक्नुभएन चिनिन नामले नागरिकताकै । नभएजस्तो कुनै सम्बन्ध गीत सङ्गीतसँग । न चिनिनुभयो साहित्यिक समाजमा नैै । राख्नुभएपछि भने उपनाम रसिक । छोप्नुभएपछि थर । बन्यो नाम चिन्ने सबैले । बन्यो नाम लोकप्रिय । बन्यो नाम प्रतिष्ठित र सम्मानित । नभएर मात्र मेची महाकाली । बन्यो सुनाम संसारभरि नै । पुगेजति देशमा नेपालीहरू ।
थियो नाम गणेश चारजनाको परिवारमा । भएन चिनिनु मात्र नाम गणेशले । बन्न खोज्नुभएपछि फरक । राख्नुभयो रसिक । परेर प्रभाव अच्छा राई रसिकको ।
थप्नुभए पनि उपनाम रसिक । हुनुभए पनि उमेरमा रसिक । हुनुहुन्छ पर्यायजस्तै सङ्घर्ष र पीडाको । थाल्नु भएपछि हिँड्न पाइला पौरखले आफ्नै । छ गर्नुभएको सङ्घर्ष सक्ने जति । लाग्छ सुन्दा पनि अहिले । नभएर भोगाइ गणेश रसिकको । भएजस्तो पात्र कथाको साहसी ।
नभएर रसिक, भएजस्तै सङ्घर्ष । छ पीडा पनि पीडादायक । गुमाउनुपरेको छ परिवार पटक पटक । आधा जीवनकी अर्धाङ्गिनीसमेत । पारेर निहुँ कोरोना । थिएन छोडेको कोरोनाले परिवारमा कसैलाई । परेको थियो बस्न थलिएर सबैजना । दिए पनि दुःख सबैलाई । दिएन बाँच्न निरा भाउजूलार्ई । नभएजस्तो बाँकी दिन । कात्तिकको तेह्र गतेपछि अठहत्तर सालको ।
सहनुपरेको छ पीडा गुमाउँदाको छोरो एक्लो । छ पीडा भाइलाई गुमाउँदाको पनि । बोक्नु परेर दुःखको भारी । हुनुभएर पनि सबै जनासँग । बन्नुभएर पनि धेरै जनाको । बनिरहनुभएजस्तो छ एक्लो । नसुनिएजस्तो आवाज हुरीमा मरुभूमिको । नमेटिएजस्तो प्यास भएर पनि समुद्र साथैमा ।
परेको छ बोक्न भारी अहिले रोगको शरीरमा । भइसकेको छ तीन वर्ष भएको प्रोष्टेड क्यान्सर । नभएपछि देशमा उपचार । गर्नुभयो गएर विदेशमा । लिइरहनुभएको छ औषधी नपाइने देशमा । पर्छ मगाउन महिनैपिच्छे खर्चेर लाख नै । देखिन्छ शरीर गलेको प्रस्टै । देखिँदैन फुर्ती र उत्साह पहिलेजस्तो । भएको छ ठिक्क स्याहार्दै शरीर आफ्नो । हुन्छ हाँस्नु त्यही पनि भेटे जतिसँग ।
बजाउनुहुन्छ हार्मोनियम । खोज्नुहुन्छ पहिलेजस्तै गर्नलाई सिर्जना सङ्गीतको । दिन्छ जानकारी छस् रोगी भनेर शरीरले । सक्नुहुन्न अहिले रमाउन धेरैबेर बाजाहरुसँग बज्नलाई । छन् भरिएका जीवनका अनुभव र अनुभूतिहरू । समाउनुहुन्छ कलम लेख्नलाई । उतार्नुहुन्छ भावना कापीमा खुरुखुरु । सङ्केत गरिहाल्छ औँलाहरूले । झमझमाएर भएपछि एकडेढ घण्टा । सम्झाइहाल्छ एकैछिनमा बिर्सिएको रोगलाई । हुनुभए पनि नामले रसिक । सक्नुभएको छैन बन्नलाई रसिक केही वर्षदेखि ।
हुनुहुन्छ स्वभावले सकारात्मक सबैप्रति । हुनुहुन्थ्यो उत्साहित सधैँ । बन्नुभएन कहिले महत्वाकाङ्क्षी । उठ्नुभएन कहिल्यै अरूलाई लडाएर । गर्नु भएन गुनासो कसैसँग कसैको । गर्नु भएन आफैँसग पनि कुनै कुराको । मान्नुहुन्छ दिक्क अहिले आफैँसग । कटिरहेका छन् दिन यसरी नै । बजेजस्तै धुन बाँसुरीको आफैँसमा एक्लै । नबजेजस्तै स्वर सात नै हार्मोनियमको ।
हुनुहुन्थ्यो बुबा साहित्य प्रेमी नरोत्तम राई । ल्याइरहनुहुन्थ्यो किनेर किताब घरमा । सुनाइरहनुहुन्थ्यो कथाहरू बेलाबेलामा । परेको थियो बानी पढ्ने र सुन्ने सानैदेखि । जानुभएपछि पढ्नलाई दार्जिलिङमा । बढ्यो प्रभाव झन् साहित्य, सङ्गीत र कलामा । थाल्नुभयो लेख्नलाई कथा, कविता । पठाउनुभयो छाप्नलाई पनि चित्त बुझेपछि आफ्ना रचना । छापियो पत्रिकामा पहिलोपटक । थियो पत्रिका ‘आमा’ निस्कन्थ्यो बनारसबाट । हुनुहुन्थ्यो सम्पादक ललिजन सिजापति पत्रिकाको ।
बन्यो पुस्तक पनि पहिलो कथाकै । थियो चौबीस साल ‘क्षितिजलाई छुन खोज्दा’ । पाउनुभयो चर्चा पनि कथाबाटै । बन्यो परिचय कथाकारकै । हुनुभएपछि उत्साहित । बन्यो दोस्रो पनि सङ्ग्रह कथाकै । निस्कियो सत्ताइस सालमा ‘एउटा सारङ्गी छुन खोज्दा’ । ‘बिलाउँदै गएको गीत’ पनि कथाकृति नै हो अन्ठाउन्न सालको ।
‘रसिकका गीत’ र स्वाधीनताको पीडा’ बने सङ्ग्रह गीतका । राखेर मिति पैँतालीस र अठसठ्ठीको । निकाल्नुभएको थियो उपन्यास अड्चालीसमा नै । राखेर नाम ‘आकाशगङ्गाको ओतमुनि’ । राखेर नाम ‘पेरुङ्गो र संस्करण’ । निस्किएको छ पाँच कृति अठहत्तरमा । आइसकेका छन् संस्मरणका तीन पुस्तक । बनेको छ पछिल्लो ‘छपक्कै मनमा बसेकाहरु’ उनानअसीमा । पचपन्नको थियो ‘जब सिस्नुहरु टेक्दै हिँडे’ ।
‘दशगजामा उभिएर’ त्रिसठ्ठीमा । भएका छन् पुरस्कृत तीनमध्ये दुई संस्मरणकै । छन् हुनसम्मका शक्ति अक्षरहरुमा । नगरेर बेइमानी आफैँसग । उतार्नुभएको छ पत्रपत्रमा आफू लाई । गराउँछ अनुभूति सँगैभएजस्तै घटनाको । बसेजस्तै साक्षी नजिकैको । पढिरहँदा कतिपय संस्मरण । निचोर्छ मन पनि आँखा सँगसँगै ।
देख्नुभएको थियो पहिलो धर्ती छिनामखु, भोजपुरको । साइत पारेर असोज चार गते चार सालकै । हुर्किनुभएको भए पनि पूर्वी पहाडमा । प्रमाणित गर्नुभयो आफ्नो प्रतिभालाई देशैभरि । हुनुभएर पुरस्कृत पहिले प्रतियोगिताहरूमा । पारेर अवसर शहीद दिवसको । प्रतियोगिता थियो देशव्यापी कविताको । गरेको थियो टुँडिखेलमा काठमाडौँ नगरपञ्चायतले । जितेर सबैलाई हुनुभयो प्रथम । पाउनुभयो पुरस्कारमा तीन सय रुपियाँ । सकिनासाथ कार्यक्रम । जानुभयो सरासर किन्नलाई हार्मोनियम । तिरेर एकसय पचहत्तर रुपियाँ ।
नहुँदासम्म हार्मोनियम आफ्नो । पथ्र्यो बजाउन साथीभाइको । पाइन्थेन बजाउन मन लागेको बेला । बजाउन खोज्दा एकपटक साथीको । लगेको थियो खोसेर कोठाबाट । हुनुभएको थियो हुनसम्मको दुःखी । रिसाउनुभएको थियो झन् बढी तेजबहादुर मुखिया । रिसैले गएर बेच्नुभो औँठी सुनको आधा तोलाको । पाएपछि एकसय पच्चीस । गएर हार्मोनिय माइला कहाँ रसिक र मुखिया । किन्नुभएको थियो तुरुन्तै हार्मोनियम पचहत्तरमा । बोकेर काँधमा फुर्तिलो जानुभाथ्यो डेरामा ।
भयो फेरि अर्को प्रतियोगिता कथाको । भएको बेला नेपाल युवा महोत्सव । हुनुभयो प्रथम फेरि पच्चीस सालमा । लिनुभो भाग फेरि कविता महोत्सवमा । थियो साल अठ्ठाइस । हुनुभयो प्रथम नै फेरि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट । जित्नुभएर पटकपटक प्रतियोगिताहरूमा । देखाउनुभएको भए पनि आफ्नो सिर्जनशील क्षमता । आउनुभो काठमाडौँ जागिर खानलाई जेटिएको ।
आउँथ्यो रुपियाँ पचहत्तर महिनाको । पु¥याउनुपथ्र्यो सबै खर्च खाने, बस्ने । चलाउनुभएको थियो जसोतसो दुःख गरेर । आउँदा भोजपुरमा थियो गर्मी । भएपछि जाडो काठमाडौँमा । थिएन साथमा लगाउनलाई बाक्लो लुगा । पुग्थेन किन्नलाई न्यानो कपडा । काट्नुपरेको थियो जाडो सामान्य लुगामा नै ।
आउनुभएपछि काठमाडौँमा । भइसकेको थियो भेट रामेश र मञ्जुलसँग । सम्पर्कले उहाँहरूसँग हुनुभयो आबद्ध राल्फा समूहमा । जोडिनुभो अभियानमा सार्थक बनाउने गीतसङ्गीतलाई । थिएन माध्यम गीत सङ्गीतको मात्रै राल्फा । थियो विचार र सिद्धान्तले पनि एकवद्ध । बाझिन थालेपछि विचार एकआपसमा । हुन थालेपछि मतभेद सिद्धान्तमा । छुट्टिनुभो छिटै नै राल्फाबाट ।
थियो कोठा होस्टेलको मिनभवनमा । हुनुहुन्थ्यो साथी कोठामा तेजबहादुर मुखिया । थियो जिम्मा सांस्कृतिक कार्यक्रम गर्ने प्रत्येक शुक्रवार । हार्मोनिय बजाउने रसिक । मादल बजाउने मुखिया । थियो मनभरि कराइरहने गीत सङ्गीत । नमानेर अलिकति पनि जाडो । जानुहुन्थ्यो हिँडेर रेडियो नेपाल बिहानै । लिनलाई मिति गीत गाउने दिनको । भनिन्थ्यो डेट लिने । हुन्थ्यो साह्रै गाह्रो वर्षमा एकपटकलाई पनि । पाइन्थ्यो गाएको पारिश्रमिक दश रुपियाँ । फर्कँदा रेडियोबाट सकिसकेको हुन्थ्यो खानाको समय होस्टेलमा । मागेर भात राखिदिनुहुन्थ्यो कोठामा । हुनुपर्थेन भोकै हुनुभएकोले मित्र मुखिया । जानुहुन्थ्यो त्यसपछि पढ्नलाई क्याम्पस ।
बागवानी केन्द्र, कीर्तिपुरबाट हुनुभयो सरुवा कृषि सूचना शाखा, हरिहर भवनमा । थियो दरबन्दी भने डोल्पा कृषि शाखामा । ल्याउनुभएको थियो चन्द्रप्रसाद भट्टराईले । हुनुहुन्थ्यो रेडियो नेपालबाट प्रसार हुने कृषि कार्यक्रमका हर्ताकर्ता । गुज्रिसकेपछि पनि महिना पाउनुहुन्थेन तलब ।
आउनुपथ्र्यो तलब जिल्लाबाट । धान्नुभो चार महिना जसोतसो । आएन तलब पाँच महिनासम्म पनि । छोड्यो दिनलाई उधारो छिमेकी पसलेले । छोडिसकेको थियो दिनलाई उधारो अफिसको क्यान्टिनले पनि । बाँकी थियो कोठामा आलु छवटा । खानुभो उसिनेर नवीनकिशोर राईसँग मिलेर । लगाएर भाग तीनतीनवटा । नभएपछि केही पनि बस्नुप¥यो भोकै तीन दिनसम्म ।
नसक्ने भएपछि बस्न भोकै । जानुभयो सरुवा माग्न अफिसमा । पर्ने गरी भोजपुर घर पायक । सक्नुभएन जानलाई अफिस भोकले रिङ्टा लागेर । थियो नजिकै गइरहने चिया पसल । आउँछ तलब भोलि भनेर । जानुभयो अफिस भरेर पेट । लागेको रहेछ रातो चिन्ह हाजिर कापीमा । जानुभयो सरासर हाकिम कहाँ । भन्नुभो, काम गर्दिन तलब नआउने अफिसमा अब । पठाएपछि डाइरेक्टर वसन्तकुमार भट्टराई कहाँ । बताउनुभो पीडा भोकको । माग्नुभो सरुवा भोजपुरमा । हुनुहुन्थ्यो डाइरेक्टर भावना बुझ्ने। गरिदिनुभो व्यवस्था दिनभरिमा । पाउनुभयो पाँच महिनाको तलब र सरुवापत्र पनि । रकम एक हजार पच्चीस भ्रमण भत्तासहित ।
देखाउनुभएपछि सरुवापत्र हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठलाई । रोक्नुभो जानलाई उहाँहरूले भोजपुर । थियो जागिर भोजपुरेको नेपाल राष्ट्र बैङ्कमा । मञ्जुल, रुबी जोशी र कृष्णभूषण पनि त्यही बैङ्कमा । हुनुहुन्थ्योे डेपुटी गभर्नर युधिर थापा । गरियो कोशिस जागिरका लागि त्यहीँ । नभएपछि त्यहाँ भयो खोज्ने काम धेरै ठाउँमा भएर तीनजना । भन्न गएर हिरण्य भोजपुरेले । मार्फत श्री ५ अधिराजकुमारी प्रिन्सेप । भयो जागिर सोल्टीमा । गर्ने गरी काम राति क्यासिनोमा । पाउने गरेर तलब महिनाको पाँच सय । चल्यो त्यही बेला कलाकार भर्ना नाचघरमा । गएर भेटेपछि डाइरेक्टरलाई संस्कृति विभागको । पाउनुभयो जागिर साउन एक गतेदेखि छब्बीस सालको ।
बनिसकेको थियो लेकाली परिवार । साइत पारेर श्रीपञ्चमीको चौबीस सालमा । अभियान थियो फरक गर्ने गीत सङ्गीतमा । बनाउन भएको थियो त्यसअघि पनि मिलन परिवार । मिलेर तेजबहादुर मुखिया, मिरा राना, शकुन्तला गुरुङ, तीर्थ शेरचन र सानु ताम्राकारसँग । भइसकेको थियो दुई प्रस्तुति हेटौँडा र त्रिशुलीमा ।
बनिसकेपछि लेकाली परिवार । आएको थियो नयाँ मोड नै गीत सङ्गीतमा । भएको थियो पहिलो कार्यक्रम महेन्द्र पुलिस क्लबमा । राखिएको थियो नाम ‘छहराको गीत’ । चलेको थियो दुई दिन । चैतको पन्ध्र र सोह्र गते पच्चीस सालको । भयो कार्यक्रम भव्य । पायो चर्चा पनि भव्य नै । हिँड्दा पनि बाटोमा जिस्क्याउँथे भनेर गायक । बज्न थाले त्यसपछि लेकाली गीतहरू भटाभट रेडियो नेपालबाट ।
बनिसक्नुभएको थियो ढुकढुकीजस्तै गीत सङ्गीत रसिकको । नपाउँदा गुन्जिन आफैँ । हुन्थ्यो नभएजस्तो सन्चो । थियो साथ पनि कला र गलाको । सङ्गीत र सिर्जनाको । पाएर शक्ति र साथ कला र साहित्यको । हार्नु परेन कहिल्यै कसैसँग । हेर्नु परेन फर्केर कसैलाई । भएको छैन कमी कहिल्यै प्रतिष्ठा र प्रसिद्धिमा । हुनुभएको भए पनि पटकपटक प्रशासक । बस्नुभएकोले इमानमा । नचुकेर कहिल्यै कुनै सन्दर्भमा ।
बनेको छ जीवन नै सङ्गम साहित्य र कलाको । हुनुहुन्थ्यो नजिक सत्तासँग गाएर पञ्चायतको गीत । हुनुभयो महाप्रबन्धक छ वर्ष सांस्कृतिक संस्थानमा छयालीससम्म । भएपछि जनआन्दोलन छयालीसको । बनाउनुभएको थियो संस्था सांस्कृतिक । थिए आबद्ध हुने धेरैजना कलाकारहरु । जोड्नुभएको थियो मलाई पनि । गर्ने गर्थेँ म पनि नाटक । हुनुहुन्थ्यो शम्भु राई र प्रवीण गुरुङहरू गीतसङ्गीत विभागमा । बनाउनुभएको थियो संयोजक मलाई नाटक विभागको । भए केही कार्यक्रमहरू उपत्यका र अन्य जिल्लाहरूमा पनि । लाग्दैन पुरानो अहिले पनि नाटक त्यतिबेलाको –उज्यालो बोक्ने मान्छे ।
चढ्नुभएर दुःखको पहाड । गर्नुभए पनि यात्रा कठिन सङ्घर्षको । भएन बस्नु कहिल्यै थाकेर । परेन हार्नु पनि कहिल्यै । पत्याइरह्यो समयले जुनै व्यवस्था हुँदा पनि । भनौँ भयो कदर योग्यताको । बन्नुभयो अध्यक्ष तथा महाप्रबन्धक रत्न रेकर्डिङ संस्थानमा । बन्नुभो महाप्रबन्धक सांस्कृतिक संस्थानमा । बन्नुभो अध्यक्ष तथा महाप्रबन्धक साझा प्रकाशनमा । दिनु भएपछि राजिनामा त्यहाँबाट । जानुभयो लड्नलाई चुनाव सांसदको । बनेर उम्मेदवार इलाम क्षेत्र नं.१ बाट । हुनुभएर राप्रपा । हुनुभयो पराजित नराम्रोसँग । बन्नुभो सदस्यसचिव पछिल्लोपटक । बहत्तरदेखि पचहत्तरसम्म सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानमा ।
उक्लनुभएको छ पहाड सङ्घर्षको । नआत्तिकन अलिकति पनि । तर्नुभएको छ पीडा समुद्रको । हुनुभएर शान्तसँग । गर्नुभएन विचलित मनलाई । बनाउनुभएको छ गतिलै उचाइ गीत, सङ्गीत र साहित्यमा । बदलिएको भए पनि व्यवस्था पटकपटक । भएन कमी उहाँको दक्षतालाई कदर गर्नेहरू । छन् नसक्ने गनेर माया गर्नेहरू गीत सङ्गीतमा । हुँदा पनि पदहरू उच्च । भन्दैनन् कसैले मात्तिएको थियो रसिक । सक्नुभएर हो जित्न सबैलाई व्यवहार हार्दिकले । रहेछ कमाउने पनि यत्ति र सम्झिने पनि यत्ति नै । हुनुभएको छ त्यसैले भरिपूर्ण गणेश रसिक ।