दोलखा । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले मुलुकमा वैज्ञानिक समाजवाद ल्याउन अझै पनि वर्ग सङ्घर्ष आवश्यक रहेको बताएका छन् ।

दोलखामा आज आयोजित २३ औँ प्रताप स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवाद प्राप्तिका लागि नेपालको संविधानले परिकल्पना गरेअनुसार जनतालाई गोलबन्द गर्नुपर्नेमा जोड दिए । उनले भने, “संविधानले परिकल्पना गरेको समाजवाद प्राप्त गर्न तपाईँ हामी सबै गोलबन्द भएर लाग्न जरुरी छ । ”
उनले द्वन्द्वकालमा सहादत प्राप्त गरेका सहिदहरूको स्मरण गर्दै उनीहरूको सपना पूरा गर्न अझै पनि सङ्घर्षको आवश्यकता रहेको बताए । उनले जलविद्युत् उत्पादनको दृष्टिले दोलखा धनी जिल्ला भएको उल्लेख गरे ।