Logo
Logo

मनसुनीसँगै स्थानीय र पश्चिमी वायु थप सक्रिय, आज तीन प्रदेशमा धेरै पानी पर्ने


441
Shares

काठमाडौं । कोशी, मधेश, बागमती र गण्डकीका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव छ । सााथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ ।

जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली छ । कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशको एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मासम पुर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्