Logo
Logo

प्रतिनिधिसभा बैठक बस्दै, सङ्घीय निजामती विधेयक पारित गर्ने तयारी


693
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन् ।

सो प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको संसद सचिवालयले जनाएको छ । लामो समयपछि सङ्घीय निजामती विधेयक पारित हुन लागेको हो ।

त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्