
एजेन्सी । इजरायलले इरानको राजधानी तेहरानस्थित सरकारी टेलिभिजन च्यानलको कार्यालयमा आक्रमण गरेको छ ।
गएराति इजरायली सेनाले टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेका बेला इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी)को कार्यालयमा आक्रमण गरेको हो ।
टेलिभिजन कार्यालयमा आक्रमण भएको दृष्य पनि प्रसारण भएको थियो । त्यही क्रममा कार्यक्रम प्रस्तोता कार्यक्रम बन्द गरेर बाहिर निस्किएको भिडियो अहिले भाइरल भइरहेको छ ।
यद्यपी आईआरआईबीले भने केन्द्रीय कार्यालयमा आक्रमण भएको केही समयपछि नै पुनः प्रत्यक्ष प्रसारणमार्फत् सेवा सुरू गरेको छ ।