Logo
Logo

संसद्को गतिरोध हटाउन सभामुख र गृहमन्त्रीबीच छलफल


1.1k
Shares

काठमाडौं । सभामुख देवराज  घिमिरे सदनको अवरोध हटाउन छलफलमा जुटेका छन् । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्षी दलहरूले सदनमा विरोध जारी राखेका छन्। प्रतिपक्षी दल रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै सदनमा अवरोध गरिरहेका छन् ।  

आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले अवरोध कायमै राख्ने भएपछि सभामुख घिमिरेले गृहमन्त्री रमेश लेखकसँग छलफल गरिरहेका छन् । उनीहरूबीच दुई बुँदे सहमति कार्यान्वयन,रास्वपाको मागलगायत विषयमा छलफल भइरहेको सभामुखको सचिवालयले जनाएको छ।

गृहमन्त्रीसँगको छलफलपछि रास्वपाका प्रमुख सन्तोष परियारसँग पनि छलफल हुने जनाइएको छ । यसअघि सभामुखले दलहरूका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि  सहमति जुटेको छैन । आइतबार र सोमबारको बैठकमा रास्वपा र राप्रपाले अवरोध गरेका थिए। 
 

प्रतिक्रिया दिनुहोस्