काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणुकुमारी महतोलाई कार्यालय प्रवेशमा अवरोध गरिएको छ । नगरप्रमुख डा। दीपेन्द्र महतोसँगको विवादपछि उपप्रमुख महतोलाई मङ्गलवार कार्यालय प्रवेशमा अवरोध भएको हो । कार्यालय गएकी महतोलाई नगर प्रहरीले गेटमै रोकेका छन् ।

गेटमा ताला लगाइएको छ भने उपप्रमुख महतो गेटबाहिर बसिरहेकी छन् । ताला लगाएका नगर प्रहरीहरू भने गेटमा देखिँदैनन् । नगरप्रमुख महतोको निर्देशनमा नगर प्रहरीले गेटमा तालाबन्दी गरेर उपप्रमुखलाई प्रवेशमा रोकेको बताइएको छ ।
उपप्रमुख महतोले नगरप्रमुखको निर्देशनमा आफूलाई गेटमा रोकिएको बताइन् । उनले आफू पनि जनताबाट निर्वाचित भएर आएको तर गुण्डागर्दी शैलीमा नगरप्रमुखले कार्यालय प्रवेश गर्न रोक लगाएको आपत्ति जनाएकी छन् ।