काठमाडौं । आजको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरूले पुनः नाराबाजी गरेका छन् । बैठक सुरु भएलगत्तै रास्वपाकी सांसद चन्दा कार्कीलाई बोल्ने समय दिइयो ।

उनले भिजिट भिसा प्रकरणमा सरकारको मौनताप्रति प्रश्न उठाउँदै २०६४ सालदेखिको गम्भीर विकृतिलाई लिएर उच्चस्तरीय छानबिन समितिको माग गरिन् ।
त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्ने समय दिए । उनले बोलेपछि सभामुखले बैठक आधा घण्टापछि पुनः बस्नेगरी स्थगित गरिएको जानकारी गराए ।