काठमाडौं । संसद् बैठक बिहीबार सम्मलाई सरेको छ । मङ्गलवार (आज) साढे ४ बजेसम्मका लागि स्थगित भएको बैठक बिहीबार (पर्सि) ५ गते बिहान ११ बजेसम्मका लागि पुनस् सरेको हो ।

पहिलो बैठक आज साढे २ बजे बसेको थियो । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध जारी राखेपछि सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी बिहीबारसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।














