काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाका समर्थकहरूबीच झडप भएको छ । उपमहानगरपालिका कार्यालयबाहिर दुवै पक्षका समर्थकहरूबीच तनाव उत्पन्न भएको हो ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । प्रहरीका अनुसार दुई पक्षबीचको विवादले झडपको स्थिति सिर्जना भएको हो ।
सोमबार मेयर साम्पाङले उपमेयर बेघालाई आफ्नो कार्यकक्षमा बोलाएका थिए । त्यस क्रममा साम्पाङका समर्थकहरूले बेघामाथि हातपात गर्न खोजेका थिए ।
मङ्गलवार भने बेघाका समर्थकहरू उपमहानगरपालिका परिसरमा भेला भई साम्पाङ पक्षको विरोधमा उत्रिएका थिए ।