Logo
Logo

रिहापछि रवीन्द्र भने-अदालत न्याय दिन सक्षम रहेछ


945
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र धरौटी बुझाएर रिहा भएका छन् ।  मिश्रकी श्रीमती सारिका कार्कीले धरौटीबापतको तीन लाख रुपैयाँ जम्मा गरेकी हुन् ।

तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलवार बिहान आफैँ अदालतमा उपस्थित भएका थिए । मिश्र उपस्थित भएपछि आजै उनको बयान र थुनछेक बहस गरिएको हो । 

न्यायाधीश तारादेवी महर्जनको इजलासमा वरिष्ठ अधिवक्ताहरू गोविन्द बन्दी, भिमार्जुन आचार्य, राजु बस्नेत र सतिशकृष्ण खरेलले मिश्रको तर्फबाट बहस गरेका हुन् । 

यसअघि सोमबार राप्रपाका महामन्त्री धवल शसशेर राणा पनि तीन लाख धरौटी बुझाएर रिहा भएका थिए । उनीहरू गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा अवाञ्छित गतिविधि गरेको भन्दै पक्राउ परेका थिए । 

रिहापछि उनले सरकारले आफूहरूलाई दमन गरेको बताए । सरकारले अन्याय गर्न खोजे पनि अदालतले भने आफूलाई न्याय गरेको उनको भनाइ छ । साथै उनले आफू हिरासतमा रहँदा प्रहरीको असल व्यवहारबाट प्रभावित भएको बताए । उनले भने, ‘राज्यले अन्याय गर्दा पनि अहिलेको परिस्थितिमा पनि अदालत न्याय दिन सक्षम रहेछ ।  अदालतले आफ्नो विवेक प्रयोग गर्ने ठाउँमा गर्दो रहेछ भन्ने कुराले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास गर्छु ।’

राज्यबाट दोषी करार हुनेगरी आफूमाथि लगाइएको विभिन्न आरोप दुखद रहेको उनले बताए । गत चैत १५ गते राजावादीले आयोजना गरेको प्रदर्शन भड्किएर हिंसात्मक बनेको थियो । २ जनाको मृत्यु हुने गरी भएको घटनामा मिश्रले उत्तेजक अभिव्यक्ति दिएका थिए ।

सोही घटनाका योजनाकार मानिएका दुर्गा प्रसाईंलाई भने अदालतले थुनामा पठाउन आदेश दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्