Logo
Logo

पत्रकार पाठकलाई साइबर ब्युरोमा उपस्थिति हुन अनुरोध


1.1k
Shares

काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई उपस्थित हुन नेपाल प्रहरीको साइबर ब्युरोले सूचना जारी गरेको छ ।  पाठकलाई आफैँ उपस्थित हुन अनुरोध गर्दै मङ्गलवार सूचना जारी गरिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले बताए ।

The current image has no alternative text. The file name is: pathak.gif

पाठकविरुद्ध केही दिनअघि नै पक्राउ पुर्जी जारी भएको थियो। पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर)को कसुरमा पक्राउ पुर्जी जारी भएको थियो ।  
 
पाठकविरुद्ध काठमाडौंको पाँच तारे होटल हिल्टनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीरको लगानी रहेको विषयमा भिडिओ रिपोर्ट प्रसारण गरेका थिए। यसै विषयमा देउवा परिवारले साइबर ब्युरोमा उजुरी दिएको थियो ।   

प्रतिक्रिया दिनुहोस्