
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय सानेपामा बिहान ८ बजे सुरु हुने भएको हो ।
कांग्रेसका पूर्वसांसद ढुण्डिराज शास्त्री पौडेलको निधन भएपछि त्यसको शोक प्रस्ताव पारित गर्न आजको बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसअघि आगामी असार १५ गते बस्नेगरी तय भएको बैठक अगाडि नै बोलाइएकोले आकस्मिक बैठक भनिएको हो ।














