
काठमाडौं । कैलाली जिल्ला कारागारमा रहेका कैदीबन्दीको मृत्यु भएपछि डडेल्धुरा सदरमुकाम र राजमार्ग अवरुद्व गरिएको छ ।
कैलाली कारागारमा रहेका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिशसिंह पालीको मृत्यु भएपछि उनका आफन्तले हत्या भएको आरोप लगाउँदै डडेल्धुराको सदरमुकाम र राजमार्ग अवरुद्व गरेका हुन् ।
कारगारभित्र प्रहरीले नै कुटपिट गरेर पालीको हत्या गरेको आरोप मृतकका आफन्तले लगाएका छन् । मृतकका दाई जगदीश रावलका अनुसार पालीको शरीरभर निलडाम छन् । पालीको मृत्यु घटनामा प्रहरीको संलग्नताका बारेमा पनि प्रश्न उठाउँदै परिवारले अनुसन्धान हुनुपर्ने माग गरेका हुन् ।
यता जिल्ला प्रहरी कार्यालय कैलालीले भने पाली सोमबार एक्कासि बिरामी भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पु¥याइएको बताए । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए ।