
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजको प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ ।
आफूहरुले उठाएका माग सरकारले नसुनेको भन्दै संसद सुरु भएलगत्तै रास्वपा सांसदहरुले विरोध जारी राखेका हुन् । यद्यपी सभामुख देवराज घिमिरेले उनीहरुको अवरोधलाई बेवास्ता गर्दै सदन चलाइरहेका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने आज पनि बैठक बहिस्कार गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि विपक्षी दलहरुले जेठ १३ गतेदेखि संसद अवरोध गर्दै आइरहेका छन् ।