Logo
Logo

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस


693
Shares

काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस गरिएको छ । 

The current image has no alternative text. The file name is: ramhari-khatiwoda-samsad-baithak.jpg

बिहीबार बसेको संसद् बैठकमा समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८२ पेस गरेका हुन् ।

प्रतिवेदन प्रस्तुत गर्दै खतिवडाले सबै नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने अवसर दिने गरी समितिमा सहमति जुटाएको बताए । आमाका नामबाट मात्र पनि नागरिकता प्रदान गर्न सकिने गरी आवश्यक व्यवस्था गरिएको उनले जानकारी दिए ।

प्रतिनिधिसभाको २०८१ चैत्र १८ गते बसेको बैठकले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्राप्त संशोधनसहित छलफलका लागि राज्य व्यवस्था समितिमा पठाउने निर्णय गरेको थियो भने समितिले यही जेठ २७ गते पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्