Logo
Logo

निजामती सेवा विधेयक कार्यसूचीबाट हटाइएकोमा माओवादीको आपत्ति


945
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती सेवा विधेयक प्रतिनिधिसभा बैठकको कार्यसूचीबाट हटाइएकोमा आपत्ति जनाएको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अघिल्लो बैठकमा निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची रहेको थियो । तर, आजको बैठकको कार्यसूचीमा उक्त विषय उल्लेख नरहेको भन्दै उनले विरोध जनाएका हुन् ।

उनले भने, ‘हामीले यीसँगै अरू विधेयकहरूलाई पनि यथाशीघ्र पारित हुने परिस्थिति निर्माण होस् भनेर बैठक अगाडि बढाउने सहमति गरेका हौं । निजामती सेवा विधेयक बैठकको कार्यसूचीमा राखियोस् ।’

सरकारले विधेयकहरू चाँडै पारित गर्ने भने पनि व्यवहारमा अर्कै देखाएको उनले बताए । मंगलबारको बैठकको कार्यसूचीमा उक्त विधेयक पारित गर्ने बुँदा उल्लेख थियो ।

प्रतिक्रिया दिनुहोस्