Logo
Logo

नेप्सेले गिरावटलाई निरन्तरता दियो


252
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

The current image has no alternative text. The file name is: Share-market-down.jpg

बिहीबार नेप्से परिसूचक २४.७६ अङ्क घटेर २६२८.९१ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ३.०१ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १.४४ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अङ्क घटेको छ ।

नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार ९ अर्ब रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३१४ स्टकको १ लाख २१ हजार ५५१ पटकको कारोबारमा ११ अर्ब २३ करोड १४ लाख ८९ हजार रुपैयाँबराबरको २ करोड ९४ लाख १५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

पञ्चकन्या माइ हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ । अघिल्ला १२ कारोबार दिनदेखि सकारात्मक सर्किट लेभलमा कारोबार भएको पियोर इनर्जीको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको सेयरमूल्य १२० रुपैयाँ ६८ पैसा घटेर १ हजार ८६ रुपैयाँ ५२ पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, रसुवागढी हाइड्रोपावर कम्पनी र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ८५ करोड ४४ लाख ५६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बुटवल पावर कम्पनीको ५८ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ भने सिंगटी हाइड्रो इनर्जीको करिब ४८ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २।४७ प्रतिशत घटेको छ । त्यसैगरी, विकास बैङ्क, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन् ।

प्रतिक्रिया दिनुहोस्