Logo
Logo

संसद्मा रास्वपा पेलानमा पर्दा माओवादीको चित्त दुखाइ


2.4k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले संसद्मा अवरोध र विरोधलाई बेवास्ता गर्दै सदन सञ्चालन गर्नु दुःखद भएको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै उनले नेतृत्वको दायित्व समस्याको समाधान खोज्नु भए पनि त्यसतर्फ चिन्ता र चासो नदेखिनु खेदजनक भएको उल्लेख गरे ।  

The current image has no alternative text. The file name is: maobadi-1.jpg

शर्माले बजेट वार्षिक कार्यक्रम भएकाले सांसदहरूले आफ्ना विचार राख्ने अवसरबाट वञ्चित हुनु आपत्तिजनक भएको बताए । उनले भने, “संसद्मा उठेका गम्भीर प्रश्नको समाधान नगरी, अवरोधको बेवास्ता गर्दै सदन चलाउनु दुखद हो । नेतृत्वले समस्याको समाधान खोज्नुपर्छ, तर हाम्रो चासो र चिन्ता त्यतातर्फ छैन। यस्तो संस्कृति बसाल्नुहुन्न ।“

भिजिट भिसा प्रकरणलाई लिएर रास्वपा तथा राप्रपाले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएका छन् । तर, सभामुखले प्रतिपक्ष दलहरूलाई पेलेर संसद् अघि बढाएका छन् । सुरुमा माओवादी केन्द्रले पनि गृहमन्त्रीको राजीनामालाई नै बटमलाइन बनाएको थियो । पछि सरकारसँग सहमतिको नाममा संसद् चलाउने निर्णयमा पुगेको हो ।  

उनले बजेट वक्तव्यमाथिको छलफलमा हतारो गर्दा सांसदहरूको बोल्ने अधिकार कटौती भएकोप्रति पनि असन्तुष्टि व्यक्त गरे । “बजेट वर्षभर कार्यान्वयन हुने कार्यक्रम हो । सांसदले आफ्नो कुरा राख्न नपाउने हो भने यसको अर्थ के रहन्छरु हाम्रो अधिकार कटौती गर्नु आपत्तिजनक छ,“ उनले भने ।  

यसैगरी, सांसद शर्माले मध्यपूर्वमा चर्किरहेको द्वन्द्वका कारण त्यहाँ रहेका लाखौँ नेपालीको सुरक्षा र उद्धारको तयारीबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने माग गरे ।

उनले भने, “विश्व युद्धको सङ्घारमा छ। मध्यपूर्वमा लाखौँ नेपाली छन्। उनीहरूको सुरक्षाका लागि सरकारले के कदम चाल्दैछरु युद्ध चर्किएमा उनीहरूलाई कसरी फिर्ता ल्याउने, कसरी रोजगारी र खाना उपलब्ध गराउनेरु यो अत्यन्त गम्भीर विषय हो ।“  

शर्माले एक वर्षअघि नै मध्यपूर्वको सङ्कटबारे ध्यानाकर्षण गराए पनि सरकारले उत्पादन र रोजगारी सिर्जनामा ध्यान नदिएको भन्दै खेद व्यक्त गरे । उनले त्यहाँ रहेका नेपालीको सुरक्षा, रोजगारी र आधारभूत आवश्यकताका लागि सरकारले तत्काल ठोस योजना बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्