Logo
Logo

मेटमणि चौधरीविरुद्ध बैङ्किङ कसुरमा जाहेरी


1.8k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध हुलाकमार्फत जाहेरी परेको छ ।  जिल्ला प्रहरी कार्यालय दाङमा हुलाकबाट प्राप्त जाहेरी अझै दर्ता भएको छैन र हाल अध्ययनकै चरणमा रहेको प्रहरीले जनाएको छ ।

The current image has no alternative text. The file name is: metmani.gif

जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुनप्रसाद तिमल्सिनाले हुलाकमार्फत जाहेरी आएको छ, तर दर्ता नभएको बताएका छन् । अहिले आफूले जाहेरीका विषयमा अध्ययन गरिरहेका उनले बताएका छन् ।  

पाँच करोड रुपैयाँभन्दा बढी रकमको दाबीसहित परेको जाहेरी कसले दिएको हो भन्ने बारे प्रहरीले खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्