Logo
Logo

भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन : कांग्रेस


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न नमिल्ने बताएका छन् ।  बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले आफ्नै इच्छाले मानिसहरू भिजिट भिसाका माध्यमबाट बाहिर गएकाले त्यसलाई मानव तस्करीसँग जोडेर हेर्न नमिल्ने बताएका हुन् । 

The current image has no alternative text. The file name is: congress.gif

भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको र मुद्दा अभियोजन समेत नभएको अवस्थामा कसैलाई दोषी किटान गर्न नमिल्ने उनले बताए  । भिजिट भिसा प्रकरणमा अनावश्यक माग राखेर रास्वपालाई फिर्ता हुन गाह्रो भइरहेको भन्दै घिमिरेले वार्ता गरेर रास्वपालाई सहमतिमा ल्याउने जिकिर गरे ।

घिमिरेले सदनमा देखिएको समस्या केही दिनमा नै समाधान हुने उल्लेख गरे । जेठ १३ देखि  रास्वपनले निरन्तर  संसद् अवरोध गर्दै आएको छ ।  प्रतिपक्षको विरोधका बीच सभामुखे सदनलाई  अघि बढाइ रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्