Logo
Logo

भाउजुको हत्या गरेर हतियारसहित प्रहरी कार्यालय पुगे देवर


6.7k
Shares

काठमाडौं । उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा–१ स्थित कुन्छाल बस्तीमा ५५ वर्षीया महिलाको हत्या भएको छ । बिहीबार दिउँसो अन्दाजी ५५ वर्षीया तुलुमाया गोपालीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

 तुलुमायाको हत्या गरेर उनका देवर नाता पर्ने अन्दाजी ३५ वर्षीय जीवन गोपाली धारिलो हतियारसहित प्रहरी कार्यालयमा आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ। तुलमायाको हत्या गरेर गोपाली हतियारसहित अपराह्न ३ः४० बजेतिरको समयमा इलाका प्रहरी कार्यालय पालुङमा उपस्थित भएका थिए ।

प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिइएको छ र हाल घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । हत्या किन गरियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्