Logo
Logo

कैलालीमा १६ दिने सुत्केरी घर नजिकै मृत भेटिइन्


567
Shares

काठमाडौं । कैलालीमा एक सुत्केरी महिला मृत भेटिएकी छन् । आज बिहान गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी १९ वर्षीया तुलसी नाथ मृत अवस्थामा भेटिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंहले तुलसी नाथ घरको मूल गेट अगाडिको नालामा मृत भेटिएको जानकारी दिए । उनी १६ दिने सुत्केरी हुन् ।

उनको १६ दिनको छोरा भने सामान्य अवस्थामै भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको डीएसपी सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्