Logo
Logo

ओली, देउवा र प्रचण्ड भेट्दै


945
Shares

काठमााडौं । प्रधानमन्त्रीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्ने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि बुधबार र बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने प्रयास गरेका थिए ।

तर, प्रचण्डले बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएपछि तीन दलको बैठक स्थगित भएको थियो । उनीहरूबिच समसामयिक राजनीति, संसद्को गतिरोध अन्त्य, संसद्बाट विधेयक पारित गर्ने र संक्रमणकालीन न्याय लगायतको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

दुई वर्ष ‘कुलिङ पिरियड’ राखिएको संघीय निजामती विधेयक पारित गर्ने प्रतिनिधिसभामा कार्यसूची भएपनि अहिले ‘होल्ड’ भएको छ । बजेट पारितसँगै निजामती विधेयक, शिक्षा विधेयकपनि तत्काल पारित गर्न दबाब रहेको छ ।

प्रतिक्रिया दिनुहोस्