Logo
Logo

दैलेखमा ग्यासको भण्डार भेटिएपछि प्रधानमन्त्रीले सम्झिए समर्थन र विरोधका दिन


1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको पेट्रोलियम खानीको काममा भएको प्रगतिप्रति खुसी व्यक्त गरेका छन् ।

१० वर्षअघि आफू पहिलो पटक प्रधानमन्त्री भएका बेला सम्भाव्यता अध्ययन गराएको पेट्रोलियम खानीको काममा भएको प्रगति देखेर उनले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका हुन् ।

पहिलो कार्यकाल (२०७२) मा यो परियोजनाको कुरा गर्दा कतिपयले ट्रोल समेत गरेको स्मरण गर्दै उनले भनेका छन्, ‘दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु । समर्थन र विरोध आवाज थरिथरिका थिए । ११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ । यो खुसीको समाचार हो ।’

चिनियाँ विज्ञ टोलीले दिएको प्रारम्भिक प्रतिवेदनले दैलेखको जलजलेमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास रहेको पाइएको छ । यो भनेको नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्यासको भण्डार हो । यसले देशमा उत्साह पैदा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्