Logo
Logo

काठमाडौंमा लगाइएको निषेधाज्ञा हट्यो


1.1k
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा लगाएको निषेधाज्ञा हटाएको छ । प्रशासनले एक सूचना जारी गर्दै चक्रपथ र चक्रपथ भित्रका सार्वजनिक स्थानहरूमा जारी गरिएको निषेधाज्ञा हटाएको जानकारी दिएको हो ।

राजावादीहरूको आन्दोलन चर्किएपछि गत जेठ १८ गते आदेश जारी गर्दै प्रशासनले चक्रपथ र चक्रपथभित्र विरोध कार्यक्रम तथा सभा–जुलुस गर्न निषेध गरेको थियो ।

अब ती सबै स्थानहरूमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कार्यक्रम गर्न सकिने काठमाडौं प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्