
काठमाडौं । पर्साको बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बिहान श्रीवास्तवलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको हो ।
श्रीवास्तवमाथि पोखरिया र बहुदरमाई नगरपालिकामा विभिन्न योजना र ठेक्का प्रक्रियामा अनियमितता गरी गैरकानूनी लाभ लिएको आरोप लागेको छ ।
आयोगले अनुसन्धानका क्रममा श्रीवास्तवले आफ्नो पदको दुरुपयोग गरी व्यक्तिगत फाइदाका लागि रकम मागेको र लिएको ठोस प्रमाण फेला पारेको जनाएको छ । उनीविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाएको अख्तियारले जनाएको छ ।