Logo
Logo

भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपा एउटै शैलीमा 


630
Shares

काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एउटै शैली अपनाएको छ ।

The current image has no alternative text. The file name is: parliyament-4.gif

बिहीबारसम्म राप्रपा र रास्वपाको विरोधको शैली फरक थियो । राप्रपाका सांसदहरूले सदनको कामकारबाही बहिष्कार गर्दै आएका थिए । रास्वपाका सांसदहरूले वेल घेराउ र नाराबाजी गर्दै आएका थिए ।

तर, शुक्रवार रास्वपाका सांसदहरूले प्रतिनिधिसभाको कामकारबाही बहिष्कार गरे । यो सँगै राप्रपा र रास्वपाको विरोधको शैली मिलेको हो । बिहीबार राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा नभएर सबै दलको साझा मुद्दा रहेको बताएका थिए । शुक्रवारबाट रास्वपाका सांसदहरूले पनि संसद् बैठक बहिष्कार गर्न थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्