Logo
Logo

प्रतिनिधिसभामा प्रश्नोत्तर नभएपछि प्रधानमन्त्रीलाई ‘मज्जा’ 


819
Shares

काठमाडौं । आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीमा थियो। सभामुख देवराज घिमिरेले मन्त्रालयको बजेट छलफलअघि यो कार्यक्रम सुरु हुने जानकारी दिए । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का सांसदहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन समिति गठनको माग राख्दै नाराबाजी र विरोध गरे ।

The current image has no alternative text. The file name is: oli-4.gif

रास्वपाका सांसदहरू कालो पोसाक र निलो रिबन लगाएर वेल घेराउ गर्न पुगे । जेठ १३ गतेदेखि उनीहरूले यो माग राख्दै सदन अवरुद्ध गर्दै आएका छन्। विरोधका कारण सभामुखले प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाए । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली, रास्वपा र राप्रपाका सांसदहरू बैठक कक्षबाट बाहिरिए ।

बाहिर निस्कँदा सञ्चारकर्मीले प्रधानमन्त्री ओलीलाई सोधे, ‘आज संसद्मा बोल्न पाउनुभएन नि, हैन ?’ जवाफमा उनले उल्टै हाँस्दै भने, ‘मज्जा आयो?’

सरकारले भिसा प्रकरणमा स्पष्ट जवाफ नदिँदा विपक्षीको आक्रोश झन् बढेको छ । प्रधानमन्त्री ओलीको हल्का टिप्पणी र गृहमन्त्री लेखकको मौनताले सरकार पारदर्शिताप्रति गम्भीर नभएको सन्देश गएको छ  । गृहमन्त्री लेखकले आरोपबारे खासै बोलेका छैनन्, जसले शङ्का र जनताको अविश्वासलाई बल पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्