Logo
Logo

इजरायबाट नेपाल फर्किन ६०० नेपालीले टिपाए नाम


504
Shares

काठमाडौं । इजरायल–इरानबीचको युद्धका कारण परराष्ट्र मन्त्रालयले नेपाल फर्कन चाहने नेपालीका लागि अनलाइन पोर्टल खोलेको छ, जहाँ हालसम्म ६०० जनाले विवरण दर्ता गराएका छन् । मन्त्रालयले दोस्रो ट्राभल एड्भाइजरी जारी गरी इजरायल, इरान र मध्यपूर्व भ्रमण नगर्न र त्यहाँ रहेका नेपालीलाई सतर्क रहन आग्रह गरेको छ ।

The current image has no alternative text. The file name is: rana.gif

शुक्रवार परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले इजरायल र इरानमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि सरकारले सबै उपाय अवलम्बन गर्ने बताइन् । इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहनेका लागि रजिष्ट्रेसन खोलेको छ भने जिटुजी प्रक्रियाअन्तर्गत इजरायल पुगेका नेपालीको उद्धारमा सहजीकरण गर्न इजरायल सरकारलाई अनुरोध गरिएको छ ।

श्रममन्त्री शरदसिंह भण्डारीले इजरायल जाने तयारीमा रहेकालाई श्रम स्वीकृति रोकिएको र स्वदेश फर्कन चाहनेको उद्धारमा सरकार लाग्ने बताए । हाल इजरायलमा ५,५००–७,००० र इरानमा १८ नेपाली छन् । परराष्ट्र मन्त्रालयले खाडीस्थित नेपाली नियोगहरूलाई सुरक्षित स्थान वा सीमावर्ती मुलुकमा जान चाहने नेपालीलाई सहजीकरण गर्न निर्देशन दिएको छ । इजरायलका राजदूतसँगको भेटमा मन्त्री राणाले नेपालीको सुरक्षाको प्रबन्ध मिलाउन आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्