Logo
Logo

संसद् भवनस्थित क्यान्टिनको छतबाट एक कामदार खसे 


1.5k
Shares

काठमाडौं । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको क्यान्टिन माथिको छतमा मर्मत कार्य गर्ने क्रममा एक कामदार खसेका छन् । 

आज केही बेरअघि भएको घटनामा फल्स सिलिङ भाँचिएर उनी खसेको संसद् भवन परिसरका एक सुरक्षाकर्मीले बताएका छन् । उनको कुहिना र खुट्टामा चोट लागेको छ । 

घाइते कामदारलाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्