Logo
Logo

प्रकाशमान र विष्णु २०८४ को चुनावबाट संसद्मा नआउन् भन्दै रोस्ट्रमै प्रार्थना


3.6k
Shares

काठमाडौं । सत्तारुढ कांग्रेस सांसद पूर्णबहादुर तामाङले उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेललाई आगामी निर्वाचनमा संसद्मा नआउन भन्दै प्रतिनिधिसभाको रोस्ट्रमबाट प्रार्थना गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद तामाङले बजेट विनियोजनमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री सिंह र उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले आफ्ना निर्वाचन क्षेत्र र जिल्लामा मात्रै केन्द्रित गरेको भन्दै आपत्ति जनाए । तामाङका अनुसार, सिंहले काठमाडौं र पौडेलले रुपन्देहीमा मात्रै बजेट विनियोजन गरेका छन् । 

उनले भने, ‘म बुद्ध भगवान् र पशुपतिनाथसँग प्रार्थना गर्छु, २०८४ को निर्वाचनमा यी दुई उपप्रधानमन्त्री यो सदनमा नआउन्।’ तामाङले प्रश्न गरे, ‘उपप्रधानमन्त्रीज्यूहरू, ३ करोडभन्दा कमको बजेट विनियोजन नगर्ने भनिएको होइनरु तर काठमाडौंमा २ लाखदेखि २ करोडसम्मका १५० योजना छन्, रुपन्देहीमा ७९ योजना छन्। के यो उचित छ ?’

तामाङले थपे, सिंहले सहरी विकास मन्त्रालयका २०७ योजनालाई काठमाडौंमा मात्रै केन्द्रित गरेको र अन्य जिल्लामा वितरण नगरेको आरोप लगाए। दुवै उपप्रधानमन्त्री प्रधानमन्त्रीको दौडमा रहे पनि बजेट विनियोजनमा आफ्ना जिल्लाप्रति सङ्कीर्ण बनेको उनको टिप्पणी थियो ।

प्रतिक्रिया दिनुहोस्