Logo
Logo

थापाथलीमा बिजुलीको पोलमा आगलागी


252
Shares

काठमाडौं । तार सर्ट भएर थापाथलीस्थित बिजुलीको पोलमा आइतबार आगलागी भएको छ । नेपाल खाद्य संस्थान कार्यालय नजिक दिउँसो साढे ४ बजेतिर आगलागी भएको हो ।

इन्टरनेट, फोनलगायतको केबलबाट आगलागी सुरु भएको हो । आगलागी दमकलको सहायतामा केही समयमै निभाइएको प्रहरीले जनाएको छ । 

आगलागीका कारण सिंहदरबार आसपास, माइतीघर र थापाथली क्षेत्रमा केहीबेर यातायात सञ्चालन अवरुद्ध भएको थियो । अव्यवस्थित तारका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा बेला-बेलामा यस्ता घटना हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्