Logo
Logo

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवसहित १४ विरुद्ध भ्रष्टाचार मुद्दा


1.1k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापासहित १४ व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।  पशुपतिनाथ मन्दिर परिसरमा विद्युतीय शवदाह गृहको मेसिन खरिद र जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना र हानि–नोक्सानी पुर्‍याएको अभियोगमा यो मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्